कांग्रेस महाधिवेशन: ललितपुर क्षेत्र नं २ को सभापतिमा खड्का



७ मंसिर ललितपुर । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  १२ : ५० बजे