जबराबिरुद्ध आन्दोलित बारले बिहिबार सर्बोच्चदेखी बालुवाटारसम्म मार्चपास गर्ने



७ मंसिर, काठमाडौं । नेपाल बार एसोसिएशनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित बारले बिहीवार मार्चपास गर्ने भएको हो ।

आज पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीवार दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।

धर्नामा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने जानकारी दिएका छन् । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारेका छन् ।

अध्यक्ष श्रेष्ठले भोलि देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताएका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बार बिगत तिन सातादेखी आन्दोलित छ । भने सोमबार जबरालाई महाअभियोग लगाउने माग गर्दै बारले बिभिन्न राजीनितक दललाई ज्ञापनपत्र समेत बुझाएको छ ।

प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार  २ : २२ बजे