२०७८ मंसिर १५ बुधबार

आइएसआइले दियो: भाजपाका नेता गम्भीरलाई हत्या गर्ने धम्की

आइएसआइले दियो: भाजपाका नेता गम्भीरलाई हत्या गर्ने धम्की


  • 39
    SHARES
    • न्यू सञ्चार
    • बिहिबार, मंसिर ९ २०७८
    • काठमाडौँ

    ९ मंसिर नयाँ दिल्ली। आइएसआइ कश्मीरले भारतीय जनता पार्टी भाजपाका नेता गौतम गम्भीरलाई हत्या गर्ने धम्की दिएको छ । पूर्वक्रिकेटरसमेत रहेका गौतमलाई कश्मीरमा सशस्त्र द्धन्द्ध मच्चाइरहेका आइएसआइका लडाकुले हत्या गर्ने धम्की दिएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । गौतमलाई सो समूहले मंगलबार राती एउटा इमेल पठाएर परिवार र उनलाई हत्या गर्ने चेतावनी दिएको थियो ।

    धम्कीपछि उनले त्यसबारे सुरक्षाकर्मीलाई जानाकारी गराएका थिए । प्रहरीले उनको नयाँ दिल्लीस्थित निवासमा सुरक्षा सर्तकता कडा पारिएको छ । ४० वर्षीय गौतम भाजपाका केन्द्रीय सदस्य हुन् । उनी सन् २०१९ मा सम्पन्न लोक सभा निर्वाचनमा भाजपाका तर्फबाट निर्वाचित भएका थिए ।

    आफूलाई राष्ट्रवादीको छवि बनाएका गौतम कश्मीरको अतिवादी गतिविधिको प्रखर आलोचक हुन् । दिल्ली प्रहरीका उपकमिसनर श्वेता चौहानले भनिन्, ‘गौतमाथि अतिवादीले दिएको धम्कीबारे हामीले अनुसन्धान गरिरहेका छौं । उनको निवासमा सुरक्षकर्मी परिचालन गरेका छौं ।’

    बिहिबार, मंसिर ९ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

      © 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology