कांग्रेस महाधिवेशन: रुकुम पश्चिमको कांग्रेस सभापतिमा वली



नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत रुकुम पश्चिमको सभापतिमा प्रेमप्रकाश वली चयन भएका छन् । उनी सर्वसम्मत चयन भएका हुन् । वली यसअघि पनि जिल्ला सभापतिको भूमिका थिए ।

त्यस्तै, उपसभापतिमा हर्कसिङ खत्री, सुरजजंग मल्ल, सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही, सह(सचिवमा) यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन् । जिल्ला कार्य समितिले कोषाध्यक्ष मनोनित गर्ने भएको छ । यसअघिका कोषाध्यक्ष मोहवीर खड्कालाई नै दोहोर्‍याउने संकेत दिइसकेको छ । रुकुम पश्चिममा प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व सर्वसम्मत भएको हो । प्रदेश निर्वाचन क्षेत्र ‘क’मा महेन्द्र केसी चयन भएका छन्, भने ‘ख’मा भद्रबहादुर विष्ट चयन भएका छन् ।

प्रकाशित मिति : मंसिर ९, २०७८ बिहिबार  ११ : ०८ बजे