कैलाली नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिका सबै छ जना दावेदार नै महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। जिल्ला सभापतिका प्रत्यासी धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर वड, जिल्ला उपसभापति प्रकाश बहादुर वम, पूर्व उपसभापति नारायण भट्ट, खेमराज चौधरी, गणेश देउवा र युवानेता भीम वडुवाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन। वड, भट्ट र देउवा कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन। मेयर नृप बहादुर वड नेतृ आरजु देउवा राणा नजिक मानिन्छ्। ५ नम्बर क्षेत्रको महाधिवेशन प्रतिनिधिमा छनोटमा सर्वोधिक मत ल्याएर विजयी भएका थिए। उनको राजनीति शैलीप्रति नेता कार्यकर्ता चकित भएका छन्।
यस्तै गरेर खेम चौधरी र वडुवाल क्षेत्र नम्बर ३ बाट विजयी भएका छन्। भने उपसभापति प्रकाशवहादुर वम क्षेत्र नम्बर ४ बाट विजयी भए।वम र बडुवाल एक मतले मात्र महाधिवेशन प्रतिनिधि हुन सफल भएका हुन। यद्यपी क्षेत्र नम्बर ४ मा १० नम्बरमा एक जना छानिनु पर्नेमा तीन जनाको वरावर मत आएकोले पूरै मत फेरि गणना हुन पर्ने विवाद चलिरहेको छ। छ जना दावेदार नै सो पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन्। यद्यपी प्रकाशवहादुर वमसित नेतृ डा। आरजु राणा देउवा रष्ट भएकी बताईएको छ। वर्तमान जिल्ला सभापति नरनारायण शाहको पहिलो रोजाइमा नृप वड,प्रकाश वम र खेमराज चौधरी त्यसपछिरहेको चर्चा पनि छ।भोली मंसिर १० गते चुनाव हुने कार्यक्रम छ।








