मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जबराको सम्पत्ति छानबिन र महाअभियोग लगाउन माग गर्दै मार्चपास



पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश  जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै ‘न्याय-मार्च’गरिएको छ । विभिन्‍न पेसागत संगठनहरुको अगुवाइमा सर्वोच्च बालुवाटार न्याय मार्च सुरु गरिएको हो ।मार्चमा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनको पनि सहभागिता छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले  जबराले तोकेका इजलास कात्तिक ८ देखि बहिष्कार गर्दै आएका छन् ।

सुरुमा सर्वोच्च  केन्द्रित रहेको बारको आन्दोलन विस्तार भएर देशभरका अदालतमा पुगिसकेको छ । गत आइतबार सम्पूर्ण अदालतमा बहस–पैरवी बहिष्कार गरेको बारले बुधबार सबै १८ वटा उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको उपस्थितिमा विरोधमा प्रदर्शन र सभा गरेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ३ : ०६ बजे