देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता: न्यायालयको विवाद बारे दुई तीन दिनभित्रै गठबन्धनमा छलफल हुने



 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज भेटवार्ता भएको छ। केही दिनअघि बार पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको विवादका बारेमा दुई तीन दिनभित्रै गठबन्धनमा छलफल हुने आश्वासन दिएका थिए । सोही अनुसार आज बालुवाटारमा गठबन्धनमा सहभागी दलका नेतृत्वसँग छलफल भएको हो ।

 

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  १२ : ४३ बजे