एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलिले गुटका मान्छेलाई टीका लगाउने प्रयाससहित धाँधली हुन लागेको बताएका छन्। रावलले सामाजिक सञ्जाल ट्विटरमा दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत भएको लेखेका छन ।
जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुर्याउन खोजिएको पनि उनले दाबी गरेका छन ।दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा भएको पनि उनले उल्लेख गरेका छन ।
उनले सहमतिको प्रयासबारे आफू र अध्यक्ष ओलीबीच कुनै कुराकानी नभएको पनि बताउदै आएका छन ।
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरूद्धमा छ।
— Bhim Rawal, PhD (@BhimRawal179) November 28, 2021
दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) November 28, 2021










