बद्री पाण्डेले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा



नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज सञ्चारकर्मीमाझ उम्मेदवारी घोषणा गरेका हुन् । पाण्डेले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवार घोषणा गदै उनले संगठन सुदृढीकरण आजको आवश्यकता रहेको बताएका छन् । पाण्डेले १४ औं महाधिवेशन पछि नेपाली कांग्रेस र राष्ट्रिय राजनीति ठिक दिशामा जाने बताए ।

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  १२ : २६ बजे