मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समान विचार भएकाहरुको एउटा पार्टी बन्दा राम्रो: प्रधानमन्त्री देउवा



प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समान विचार भएकाहरुको एउटा पार्टी बन्दा राम्रो हुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आजदेखी सुरु भएको महाधिवेशनको उद्घाटान सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रत्येक पार्टीमा आ–आफ्नै मूल्य–मान्यता र सिध्दान्त हुने भएकाले एकै मान्यता भएका दलहरू एक हुन आवश्यक रहेको बताएका हुन् ।

साथै प्रधानमन्त्री देउवाले राजनीतिक दलहरू कम दल हुँदा देशलाई फाइदा हुने बताएका छन् । नेपालमा धेरै दलहरू हुनुभन्दा कम दल हुँदा देशलाई फाइदा हुने देउवाले बताएका हुन् । प्रधानमन्त्री देउवाले अहिले मुलुकका राजनीतिक दलहरु महाधिवेशन मै व्यस्त रहेको समेत बताएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : ४० बजे