नेपाली काँग्रेसको १४औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक



 

नेपाली काँग्रेसले १४औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरिएको छ । केन्द्रीय प्रचार प्रसार समितिले निर्धारण गरेको महाधिवेशन पूर्वको एक हप्ते प्रचार अभियान योसँगै प्रारम्भ भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको उद्घाटन मन्तव्य पूर्व बिहीबार ब्यानर सार्वजनिक भएको हो । नेपालको नक्साभित्र दुइ युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको अनि चुनाव चिन्ह रुख तथा वीपी कोईरालाराला लगायतका अग्रज नेतृत्वको तस्वीर अंकित प्रचार ब्यानरको छोटो भिडियो केही दिनपछि सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार  ११ : ५४ बजे