नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको भविष्य सुनिश्चित गर्नको लागि प्रदेश देखि केन्द्रसम्म ठिक नेतृत्व चयन गर्नु पर्ने बताउनु भएको छ । शुत्रबार आफ्नै समुहको बाग्मती प्रदेश उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंह पार्टीलाई अहिलेको अवस्थामा राख्न नहुने बताउनु भएको हो ।
‘ पार्टीको भविष्य सुनिश्चित गर्नको लागि प्रदेश देखि केन्द्रसम्म ठिक नेतृत्व चयन गर्नु पर्दछ । सक्षम व्यक्ति नेतृत्वमा आउन जरुरी छ ।’ उहाँले भन्नु भयो ‘ पार्टीलाई अहिलेको अवस्थामा नै राख्ने हो भने काँग्रेस र जनताको भविष्य विग्रन्छ ।पार्टीमा सुधार आवश्यक छ । ’
साथै उहाँले सभापति पार्टीको अनुहार भएको भन्दै त्यसै अनुसार काम गर्नु पर्ने बताउनुभयो । नेतृत्वलाई जनताले विश्वसा नगर्दा गत चुनावमा पराजय भोग्नु परेको उहाँको भनाई छ । लोकतन्त्र जोगाउनको लागि ठिक नेतृत्व र ठिक समुहलाई भोट दिनुपर्ने उहाँले बताउनु भयो ।
नेता सिंहले बागमती प्रदेश सभापतिका उम्मेदवार जगदीश नरसिंह केसिको समुहलाई विजय गराउन समेत आग्रह गर्नु भएको थियो । पार्टीको भविष्य सुनिश्चित गर्नको लागि केसीको समुहलाई मत दिनु पर्ने उहाँले बताउनु भयो ।








