युबा नेता आचार्यले गरे केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा



नेपाल बिधार्थी संघका पूर्व महामन्त्री मनोजमणि आचार्यले नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषाणा गरेका छन्  ।  महाधिबेशन शुरु हुन ४ दिन मात्रै बाकी रहदा आचार्यले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

नेपाल बिधार्थी संघको केन्द्रिय सदस्य, उपाध्यक्ष, महामन्त्री हुँदै गत अधिबेशनमा संघको अध्यक्षको प्रत्यासी रहेका आचार्य झिनो मतले पराजित भएका थिए । रोल्पा जिल्लाको नेपाल बिधार्थी संघको जिल्ला अध्यक्ष हुँदै सक्रीय राजनितिमा लागेका आचार्य लामो समय बिधार्थी राजनितिमा रहेका कारण युबा बिधार्थी माझ परिचित छन् ।

प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार  ७ : २६ बजे