भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन्। उनी बलिउड अभिनेता विक्की कौशलसँग लगनगाँठो कस्न लागेकी हुन्। माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा उनीहरुको विवाह रोयलु शैलीमा हुन लागेको हो।
त्यहाँको समयअनुसार आज दिउँसो ३.३० देखि ३।४५ को समयमा उनीहरुको विवाह हुनेछ। क्याट्रिनाले विवाहमा सब्यसाचीको डिजाइनर लेहेंगा लगाउनेछिन्।मिडिया रिपोर्टअनुसार कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च आफै ब्यहोर्ने जनाइएको छ। उनले यात्रा,सुरक्षा, पाहुनासम्बन्धि खर्च हेर्नेछिन्। अर्कोतर्फ विक्कीले बाँकी २५ प्रतिशत खर्च व्यहोर्ने छन्।
यद्देपी कट्रिना र विक्कीले आफ्नो विवाहसँग सम्बन्धित सबै कुरा गोप्य राख्ने प्रयास गरेका थिए। तर यो जोडिको विवाह हुनुअघि नै कट्रिना कैफको फ्यान क्लबमा उनीहरुको विवाहको कार्डको तस्बिर भाइरस भएको थियो। कट्रिनाले आफ्नो पुरानो भिडियोमध्ये एकमा विवाह र सम्बन्धबारे आफ्नो धारणा व्यक्त गरेकी थिइन्। उनले भनेकी थिइन( बिहेसम्म अविवाहित रहने भनेको मैले थिइनँ। त्यसैले हामी सधैं भनाइमा अडिग रहनुपर्छ।
अहिलेसम्म दुवैजनाले भने आफ्नो सम्बन्धलाई भने गोप्य नै राखेका छन्।










