म्यानमारको खानी क्षेत्रमा पहिरो, ७० जनाभन्दा बढी बेपत्ता



म्यानमारको खानी उत्खनन क्षेत्रमा पहिरो जाँदा कम्तीमा एकजनाको मृत्यु भएको छ। अरु ७० जनाभन्दा बढीलाई पहिरोले बगाएको आशंका गरिएको छ।बेपत्ताहरु खानी तलको तालमा परेको हुन सक्ने अनुमान गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। म्यानमारको उत्तरी क्षेत्रमा रहेको जेड खानी क्षेत्रमा बुधबार पहिरो गएको हो।

स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेतिर काचिन राज्यको ह्पाकान्त क्षेत्रको खानी क्षेत्रमा पहिरो गएको हो। पहिरोमा परेर मृत्यु हुने तथा बेपत्ता हुने अवैध खानी उत्खननकर्ता रहेको हुन सक्ने जनाइएको छ।उद्धार तथा खोजीको काम जारी रहेको स्थानीय अधिकारीले बताएका छन्। उद्धार टोलीले कम्तीमा २५ जनालाई उपचारका लागि अस्पताल पठाएको छ। उद्धार तथा खोजीका लागि झण्डै २०० जना खटिएका छन्।

प्रकाशित मिति : पुस ७, २०७८ बुधबार  १२ : ३९ बजे