यातायात कार्यालय गुर्जुधाराबाट ९ विचौलिया पक्राउ



प्रहरीले यातायात व्यवस्था विभागको गुर्जुधारास्थित कार्यालयबाट ९ जना विचौलियालाई पक्राउ गरेको छ ।

लाइसेन्स, ब्लुबुकलगायत कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग लाग्ने भन्दा बढी दस्तुर लिन खोजेको र छिटो छरितो काम गरिदिने भनी जबरजस्ती तानातान गरेको गुनासो आएपछि ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : पुस १२, २०७८ सोमबार  ४ : ५९ बजे