हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र प्रदेश न १ र वागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आँशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौंको तापक्रम ४ .२ डिग्री सेल्सियस रहेको छ ।तेस्तै आज पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सुकुहिरो लागेको छ।आज देशभर सामान्यतः मौसम सफा रहनेछ । आगामी बुधबारबाट पश्चिमी वायु पुनः सक्रिय हुने भएकाले वर्षा र हिमपातको सम्भावना रहेको मौसमबिद निराजन सापकोटाले जानकारी दिए ।









