कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहित आधा दर्जन नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्र्याक्ट ट्रेसिङमा परेका हुन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बसेका हुन् ।
दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी भएका थिए । नेकपा माओवादीका अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । यस्तै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भेटघाट बन्द भएको छ।
कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनले शनिबारदेखि भेटघाट बन्द गरेका हुन्। मन्त्री कार्कीले पनि भेटघाट बन्द गरेका हुन्। उनको पीसीआर परीक्षण आज गरिने उनले बताएका छन्। नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्र देखिएको छ। अहिले शीर्ष नेताहरूमा समेत संक्रमण भएको हो।








