ललिता निवास प्रकरण :कीर्ते कागजात अनुसन्धान प्रतिवेदन सिआईबीमै फिर्ता



नेपाल प्रहरिको केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)ले सरकारी वकिल कार्यालयलाई बुझाएको ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले केन्द्रीय अनुसन्धान विभाग (सिआईबी)लाई  फिर्ता पठाइदिएको छ ।

प्रतिवेदन सोमबार सिआईबीलाई फिर्ता गर्ने निर्णय भएको सरकारी वकिल कार्यालयका प्रमुख गंगा पौडेलले जानकारी दिए । उनले जग्गा हिनामिना प्रकरणमा कीर्ते कसूरको अनुसन्धान ‘अपूर्ण’ भएको भन्दै थप अनुसन्धान गर्नुपर्ने भएकोले प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइएको जानकारी दिए ।

सिआईबीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बिहिबार प्रतिबेदन बुझाएको थियो । ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको थियो ।

प्रकाशित मिति : पुस २६, २०७८ सोमबार  ४ : ४२ बजे