दार्चुलामा एमालेका वडा कमिटि अध्यक्ष डोबालसहित १९ जना कांग्रेसमा प्रवेश: मन्त्री बडूले गरे स्वागत



नेकपा एमाले महाकाली नगरपालिका – २ का वडा कमिटि अध्यक्ष बीर सिंह डोबालसहित १९ जना एमाले छोडेर कांग्रेस पार्टीमा प्रवेश गरेका छन। नेपाली कांग्रेस प्रदेश सभा ‘क’ क्षेत्रीय कार्य समितिको कार्यालय उद्घाटनकार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले परित्याग गरि काँग्रेस प्रवेश भएका १९ जनालाई मन्त्री बडूले खादा र टीका लगाई पार्टीमा स्वागत गरेका छन् ।

नेकपा एमाले महाकाली नगरपालिका वडा नम्बर २ का वडा कमिटि अध्यक्ष बीर सिंह डोबालसहित १९ जनाले काँग्रेस पार्टी प्रवेश गरेको नेपाली काँग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेमा झुपुर सिंह कार्की, उदय सिंह शाहू, अम्बिका सितोली, प्रमोद शाहू, राजमती कार्की, मनोज सिंह रैखोला, कृष्ण सिंह धामी, शान्ति धामी, सुना बुट्टी बोहरा, सृजना तिंकरी, सोनिका तिंकरी, नम्से तिंकरी, कृष्ण सिंह तिंकरी, केशब सिंह तिंकरी, प्रहलाद सिंह तिंकरी, आशा बुढाथोकी, उषा तिंकरी र अमित तिंकरी रहेका छन् । काँग्रेस प्रवेश गरेका डोबाल एमालेबाट २०५४ को स्थानीय निर्वाचनमा साविक काँटै गाविस अध्यक्ष तथा २०७४ सालको स्थानीय तहको चुनावमा एमालेको तर्फबाट उम्मेदवार बनि चुनाव लडेका थिए ।

प्रकाशित मिति : पुस २८, २०७८ बुधबार  १० : ०६ बजे