अध्यक्ष इदिङ्गोको प्रयासमा माङसेबुङका युबाहरु कृषी कामदारको रुपमा कोरिया जान पाउने



इलामको माङसेबुङ गाउँपालिकाका र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाबिच द्विपक्षिय सहयोग आदान-प्रदान गर्दै भगिनी सम्बन्ध कायम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । काठ्माडौको होटल एमबास्डर लैनचौरमा भएको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाका मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार गाउपालिकाका बेरोजगार युबाहरु अब दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकामा कृषी कामदारको रुपमा जान पाउने छन् ।तेस्तै सम्भाबना हेरेर गाउपालिकाको पर्यटन र पुर्बाधार क्षेत्रमा लगानी  सम्भाबना पनि बढेको गाउपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

उनले भने, “गाउपालिकाका बेरोजगार युबाहरुलाई कृषी कामदारको रुपमा कोरिया जाने बाटो खुलेको छ,पर्यटन र पुर्बाधारमा सम्भाबना हेरेर लगानी गर्ने पनि सम्झौता भएको छ ।”स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउपालिका र एन्जे काउन्टी नगरपालिकाबिच सहयोग आदान-प्रदानको सिधा सम्झौता भएको पनि उनले बताए ।

 

प्रकाशित मिति : पुस २९, २०७८ बिहिबार  १ : २० बजे