मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका प्रचण्डको स्वास्थ्यमा सुधार, दुई दिनमा पीसीआर जाँच गर्ने



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु को स्वास्थ्य अवस्थामा सुधार आएको छ ।प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड(१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन् ।

चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् ।माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ८ : ४१ बजे