मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वदलीय बैठक : राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव



निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ ।आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदै छ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन् ।

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिए ।कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ । १२ माघमा राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने र यसका लागि मतदान केन्द्र बढाउन सुझाव दिएको छौँ’, कांग्रेस नेता रमेश लेखकले बताए ।

स्थानीय तहको निर्वाचनका विषयमा कांग्रेसले सरकारले छलफलमार्फत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ ।आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिएको छ ।

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर ६ जेठमा नयाँ जनप्रतिनिधि चयन गरिसक्नुपर्ने एमालेको भनाइ छ ।निर्वाचन गर्न मिति १२० दिन अगाडि तोक्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ३ : ५६ बजे