२०७८ माघ १४ शुक्रबार

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी


  • 45
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, पौस ३० २०७८
    • काठमाडौँ

    एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए ।

    उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याइकी थिइन् ।

    सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।

    शुक्रबार, पौस ३० २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology