सर्वोच्चले गर्‍यो सेवा कटौती : आजदेखि ६ प्रकारका सेवा मात्रै दिने



सर्वोच्च  अदालतले आजदेखी सेवामा कतौती गर्दै जम्मा ६ प्रकारका मात्रै सेवा दिने भएको छ ।कोरोनाको जोखिम बढेपछि सर्वोच्च अदालतले दिँदैआएको सेवामा कटौती गरेको छ । मंगलबार बसेको सर्वोच्च अदालतको फुलकोर्ट बैठकले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणको जोखिम न्यूनीकरण गर्न अदालतले दिँदै आएका सेवाहरूमा कटौती गरेको हो ।

अदालतले आजदेखी बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरु, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारवाही, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७९६० र १५५ बमोजिमकाथुनुवा रहेका व्यक्तिहरुको निवेदन तथा प्रतिवेदन,थुनुवा भएका मुद्दाको सुनुवाई, हेर्दा हेर्दै र नि.सु.मा रहेका मुद्दा र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाई गर्ने भएको छ ।

हिजोको बैठकले अदालतमा अनावश्यक भिडभाड हुन नदिन, सेवाग्राहीलाई सुरक्षाको मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न सर्वोच्च प्रशासन र मातहतका अदालतलाई निर्देशन दिएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रकाशित मिति : माघ ५, २०७८ बुधबार  ९ : ०६ बजे