देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटघाट : समन्वय समितिको बैठक बोलाइयो



प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

देउवा, दाहाल र नेपालबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको हो ।

देउवा, दाहाल र नेपालबीचको भेटवार्ताले शुक्रबार ४ बजे राजनीतिक समन्वय समितिको बैठक तय गरेको बालुवाटार स्रोतले जानकारी दियो ।

यसअघि आज बिहीबारका लागि बोलाइएको समन्वय समितिको बैठक तयारि नपुगेको भन्दै भने स्थगित भएको थियो ।

प्रकाशित मिति : माघ ६, २०७८ बिहिबार  ६ : ४३ बजे