नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला नेतृत्वको समूहले पार्टीभित्र छलफल नगरी गठबन्धनको सहमती जुटाएर निर्वाचन सारे नमान्ने निर्णय गरेको छ ।कोइराला नेतृत्वको समूहको आज भएको भर्चुअल बैठकमा निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गर्दै बैशाखमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने निष्कर्षसहित सभापति देउवाले पार्टीभित्र पेलेर जान खोजे अस्वीकार नगर्ने निर्णय पनि बैठकले गरेको छ । अब हुने तीनै तहको निर्वाचनमा गठबन्धन गर्न नहुनेमा पनि बैठकमा नेताहरुले जोड दिएको बैठकमा सहभागी एक नेताले न्यू सञ्चारलाई बताए ।
बैठकमा सभापति देउवाले ४० प्रतिशत भन्दा बढी मतको बेवास्ता गरेर पार्टी एकलौटी चलाउन थालेको निष्कर्ष निकालिएको ति नेताले जानकारी दिए ।बैठकमा कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि थिए ।








