२१ लाख ५९ हजार नेपाली विदेशमा, जनसङ्ख्या वृद्धिदर घट्यो



नेपालको राष्ट्रिय जनगणना(२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

तथ्याङ्कअनुसार पुरुषभन्दा महिलाको सङ्ख्या छ लाख ९,८५८ जनाले बढी छ भने नेपालमा जनसङ्ख्या वृद्धिदर ०।९३ रहेको छ। विसं २०६८ सालको तथ्याङ्कअनुसार उक्त दर १।४० प्रतिशत थियो।

तुलनात्मक रूपमा जनसङ्ख्या वृद्धिदर घटेको देखिएको छ।त्यस्तै जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्याङ्क छ। एक दशकअघि नेपालमा जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो।

बुधवार सार्वजनिक तथ्याङ्कअनुसार विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार ४७८ छ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  २ : ११ बजे