मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस मुख्य सचिव पौडेल बने राष्ट्रियसभा सदस्य



सत्तारुढ नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पौडेलले स्थानीय तहतर्फ ११७ पाएका थिए । यस्तै प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कूल ४ हजार ७९४ मतभार प्राप्त गरेका हुन् ।

पौडेल यसअघि १४औं महाधिवेशनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : २६ बजे