कांग्रेस मुख्य सचिव पौडेल बने राष्ट्रियसभा सदस्य



सत्तारुढ नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा बागमतीबाट पौडेल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

पौडेलले स्थानीय तहतर्फ ११७ पाएका थिए । यस्तै प्रदेशतर्फ ५६ मत अर्थात २ हजार ६८८ मतभार गरी कूल ४ हजार ७९४ मतभार प्राप्त गरेका हुन् ।

पौडेल यसअघि १४औं महाधिवेशनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ८ : २६ बजे