मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय चुनावको मिति तोक्न माग गर्दै हेटौंडामा युवा संघको प्रदर्शन



स्थानीय तहको चुनावको मिति तत्काल तोक्न माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सत्तारुढ गठबन्धन विरुद्ध प्रदर्शन गरेको हो ।

संघले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने, मूल्य वृद्दि नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै हेटौंडामा प्रदर्शन गरेको हो ।

हेटौंडा बजारमा सरकार विरुद्ध प्रदर्शन गरेपछि बुद्धचोकमा आयोजित सभामा संघका नेताहरुले सरकार चुनावदेखि डराएर भागेको आरोप लगाएका थिए ।

युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य आरती पाठक, दिलु घर्ती, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, नगर अध्यक्ष राकेश नगरकोटीले सरकारविरुद्ध बोलेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : ३८ बजे