मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभाको बैठक १७ माघमा आह्वान



राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।

यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  २ : ५२ बजे