नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्यसमितिको भर्चुअल रुपमा बसेको बैठकले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो । केन्द्रीय समितिको बैठक भर्चुअल रुपमा बसेको हो ।
३७ सदस्यीय कार्यसम्पादन समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा।शेखर कोइराला, शशांक कोइरालालगायतका नेता पनि सम्पादन समितिमा समेटिएका छन् ।कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था बिघानमा भएपनी आज ३७ सदस्यीय समिति बनेको र बाँकी सदस्य भने पछि मनोनीत गरिने बताइएको छ ।
सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री गगन थापाले बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए । नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो ।
आज बनेको कार्यसम्पादन समिति
शेरबहादुर देउवा -सभापति
रामचन्द्र पौडेल -वरिष्ठ नेता
पूर्णबहादुर खड्का -उपसभापति
धनराज गुरुङ -उपसभापति
गगनकुमार थापा -महामन्त्री
विश्वप्रकाश शर्मा -महामन्त्री
फरमुल्लाह मन्सुर -सहमहामन्त्री
भीष्मराज आङदाम्बे -सहमहामन्त्री
उमाकान्त चौधरी – सहमहामन्त्री
महेन्द्र यादव -सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
किशोरसिंह राठौर – सहमहामन्त्री
बद्री पाण्डे – सहमहामन्त्री
जीवन परियार – सहमहामन्त्री
गोपालमान श्रेष्ठ
प्रकाशमान सिंह
विमलेन्द्र निधि
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
डा.शशांक कोइराला
चित्रलेखा यादव
डा.रामशरण महत
अर्जुननरसिंह केसी
डा.प्रकाशशरण महत
सुनिलबहादुर थापा
डा.शेखर कोइराला
बलबहादुर केसी
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा.नारायण खड्का
जीपछिरिङ लामा
एनपी साउद
जीवनबहादुर शाही
सुजाता कोइराला
आनन्दप्रसाद ढुंगाना









