बौद्धको रेन्टुरेन्टबाट अनलाइन जुवा खेल्ने ७४ जना एकैपटक पक्राउ



प्रहरिले काठमाडौंको बौद्धस्थित एउटै रेस्टुरेन्टबाटबाट अनलाइन जुवा खेल्ने र खेलाउने ७४ जना पक्राउ गरेको छ ।

दोलखा घर भई बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट ८ महिला र ६६ पुरुष एकैपटक पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

उनीहरूको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ नगद्, मोबाइल र बिंगो खेल्न प्रयोग गरिने कुपन रबरामद भएको प्रहरिले जनाएको छ ।

ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएपछी सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  ११ : ५२ बजे