प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता ,एमसीसीबारे छलफल



प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

सोमबार बालुवाटारमा भएको देउवा र प्रचण्डबीचको भेटवार्तामा एमसीसीका विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीकाबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन । प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेको बालुवाटार श्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : माघ १७, २०७८ सोमबार  १ : ५२ बजे