कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक,भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने



नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको प्रथम बैठक माघ २७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठक माघ २७ गते दिउसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने बताइएको छ ।

यसका साथै पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा पनि बैठकमा छलफल हुने एजेन्डा रहेको छ ।

 

प्रकाशित मिति : माघ २२, २०७८ शनिबार  ७ : ५५ बजे