देउवा, ओली र प्रचण्डबीचको भेटवार्ता बालुवाटारमा सुरु



प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरूबीच भेटवार्ता जारी छ ।

भेटघाटमा एमसीसी र स्थानीय तहको निर्वाचनका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार गएका हुन् ।

 

प्रकाशित मिति : माघ २३, २०७८ आइतबार  ५ : ०१ बजे