कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका छन्।

सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्रीमा पराजित भएका थिए।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  ११ : ०५ बजे