यस्तो छ प्रतिनिधि सभाको भोलि बस्ने बैठकको कार्यसूची (सुचनासहित)



भोलि बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि बुधबार १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

यस्तै, सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।

 

प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार  ३ : ५९ बजे