कांग्रेस पदाधिकारीको छलफल आज : भातृ एवं शुभेच्छुक संस्थाको बारेमा निचोड निकालिने



नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । यस अघी हिजो पनि पदाधिकारीहरुले अनौपचारिक छलफल गरेका थिए । हिजोको बैट्र्हकमासभापति देउवा उपस्थित भएका थिएनन् । सभापति देउवासहितको बैठक आज बस्न लागेको हो ।

बैठकमा बिहीबार बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाबारे छलफल हुने बताइएको छ ।तेस्तै बैठकमा पछिल्लो राजनीतिक परिस्थित, चुनाव लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेसमा भातृ एवं शुभेच्छुक संस्थाको म्याद थप्ने कि नयाँ तदर्थ समिती बनाउने भन्नेमा मत बाझिएको छ । आजको बैठकले यसमा सहमती जुटाएर भोलिको कार्यसम्पादन समितिको बैठकबाट निर्णय हुने एक नेताले न्यू सञ्चारलाई जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठकमा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन र भ्रातृसंघ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

 

प्रकाशित मिति : माघ २६, २०७८ बुधबार  १० : ०९ बजे