नेपाल विद्यार्थी संघका नेताहरुले संघको महाधिबेशन माग गर्दै काँग्रेसका पदाधिकारी लगायत नेताहरुको ध्यानाकर्षण गराएका छन ।
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरुवात हुनु अघी पार्टी कार्यलय परिसरमा जम्मा भएका बिधार्थिहरुले नेताहरुको ध्यानाकर्षण गराएका हुन ।
उनिहरुले महाधिबेशन माग गर्दै पार्टी कार्यालयको प्राङ्गणमै संघको झण्डा बनाएर पार्टी महामन्त्री विश्वप्रकाश शर्मालाई बुजाए भने मुख्यसचिव कृष्णप्रसाद पौडेल मार्फत अन्य पार्टी पदाधिकारीलाई हस्तान्तरण गरे ।
लामो समयदेखी नेविसंघको महाधिवेशन हुन सकेको छैन भने संघका अध्यक्ष राजिब ढुङ्गाना पार्टिको केन्द्रिय सदस्य बनेपछी नेविसंघको नेतृत्व खाली भएको छ ।








