दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलमा आगलागी हुदा पाँचजनाको मृत्यु भएको छ । चार तले घरमा आगलागी भएको हो ।
तुलसीपुर उपमहागनरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले आगो नियन्त्रणमा लिएका छन्।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएस्पि श्यामु अर्यालले जानकारी दिए ।
मृतकहरुको पहिचान भइसकेको छ । डिएस्पि अर्यालका अनुसार मृत्यु हुनेमा १० वर्षीय एक बालक, १५ वर्षका दुई बालक र एक बालिका तथा करिब ५५ वर्षीय एक पुरुष छन् ।
मृत्यु हुनेमा १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली र ५ वर्षीय, अबिददिन अली छन ।








