नेपाली कांग्रेसका युबा नेता गुरुराज घिमिरेले चौधौं महाधिवेशनपछी पार्टी विधानको पूर्णपालना हुने अपेक्षालाई नेताहरुले कुल्चन थालेको टिप्पणी गरेका छन् ।पार्टीका भ्रातृसंगठनहरुको नेतृत्व सम्बन्धीको धारा निलम्बन गर्ने गरि कार्यसम्पादन समितिमा सुरु भएको छलफलप्रती आपत्ती जनाउदै घिमिरेले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
बिधानको धारा निलम्बन गरि पार्टीका भ्रातृसंगठनहरुमा पुरानै नेतृत्व कायम राख्न खोज्नु प्रतिगमन भएको उनको आरोप छ ।पार्टीको विधान कार्यान्वयन हुन नदिने परिपाटिले प्रश्रय पाउने हो भने पार्टीको भविष्यमा गम्भीर आघात पर्ने पनि उनले उल्लेख गरेका छन् ।
घिमिरेले भनेका छन्, ‘नेपाली कांग्रेसमा चौधौं महाधिवेशन पश्चात् विधानको पूर्णपालना हुने अपेक्षा गरिएकोमा फेरि धारा निलम्बन गरि पार्टीका भ्रातृसंगठनहरुमा पुरानैं नेतृत्व कायम राख्न खोज्नु यथास्थिति मात्र होइन,प्रतिगमन हो।यस यथार्थलाई सभापतिले राम्रोसँग ध्यान दिदै आफ्नो गुटगत स्वार्थको रोटी सेक्ने प्रबृत्तिलाई चिनेर निरुत्साहित गर्न आवश्यक छ।’









