कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा सुरु



नेपाली कांग्रेसको संसदीय दलको बैठक संसद् भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सुरू भएको छ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव र संसद्मा पेस हुन लागेको एमसीसीका विषयमा छलफल हुने बताइएको छ ।

भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने सरकारकाे तयारी रहेको बताइएको छ ।

तेस्तै बैठकमा संसद सचिवालयमा दर्ता गराइएको प्रधानन्यायाधीशविरुद्ध चाेलेन्द्र शम्शेर जबरा विरुद्धको महाअभियोग प्रस्तावपछिकाे विकसित घटना क्रमबारे पनि बैठकमा छलफल हुने छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ११ : २९ बजे