कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने



नेपाली कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान चलाउने भएको छ ।

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान चलाउने निर्णय गरेको हो ।

‘कांग्रेसको आज बसेको बैठकले ‘घरघर जाऔँ, कांग्रेस जिताऔैँ’ अभियान गर्र्ने निर्णय गरेको छ,’ बैठकपछि नेता डा. प्रकाशशरण महतले भने ।

उनका अनुसार यो अभियान २० फागुनसम्म चल्नेछ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ५ : ५४ बजे