शोक प्रस्ताव पारित गर्दै फागुन ६ गतेसम्मका लागि संसद बैठक स्थगित



प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बैठक यही फागुन ६ गतेसम्मका लागि स्थगित गरिएको हो ।

नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा । दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।

बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । एमालेका सांसदहरूको अवरोध जारी रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री बडुले आयोगको आर्थिक वर्ष २०७७०७८ प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

 

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  १ : ५४ बजे