काठमाडौंको ढुंगेअड्डामा फेला परेका तीनवटा बम निस्क्रीय बनाइयो, सडक सुचारु



काठमाडौंको ढुंगेअड्डामा शुक्रबार बिहानै फेला परेको तीनवटा कुकर बम सेनाको बम डिस्पोजल टोलीले निस्क्रीय बनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो ।

बम फेला परेपछि उक्त सडक हुँदै काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएको थियो ।सेनाको टोलीले डिस्पोज गरेपछि अहिले सडक सुचारु भएको छ ।

 

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ९ : ३६ बजे