एमसीसीबारे थप छलफल गर्न समाजवादीले बाेलायाे सचिवालय बैठक



सत्तारुढ नेकपा समाजवादीले एमसीसीबारे थप छलफल गर्न भन्दै  सचिवालय बैठक बोलाएको छ।

बैठक आज (सोमबार)दिउँसो १ बजे बस्ने बताइएको छ ।

यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार  १२ : १२ बजे