मन्त्रिपरिषदको बैठकले एमसीसीमाथिको व्याख्यात्मक प्रस्ताव थप गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा ३ मिनेट मात्र बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त प्रस्ताव अर्थमन्त्री जर्नादन शर्माले प्रतिनिधि सभा बैठकमा पेश गर्नेछन् । संसद भवनमै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणी पास गरेको हो ।
एमसीसीको व्याख्यात्मक टिप्पणीमा सहमति भएसँगै सत्तारुढ गठबन्धनका नेपाली कांग्रेससँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीका पक्षमा मतदान गर्ने भएका छन् ।








