ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका पाँचजना मृत फेला



ललितपुरमा एकै परिवारका पाँचजना मृत भेटिएका छन् । आइतबार बेलुका खाना खाएर सुतेका ललितपुरको कोन्जोसोम गाउँपालिका–४ नल्लुका एकै परिवारका पाँचजना सोमबार बिहान मृत भेटिएका हुन्।

स्थानिय काइली स्याङ्बोको घरभित्र सुतेको अवस्थामा चारजना र दुईदिनको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।

मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङताङ, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङताङ, नाती ९ वर्षीय आशिष स्याङताङ र नातिनी ५ वर्षीय आस्मा स्याङताङ छन् ।

डाक्टरसहितको टोली घटनाको अनुसन्धानका लागि घटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा आगो बलेको कोइला र बान्ता गरेको देखिएको छ ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  १२ : ३५ बजे