प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाकको निरीक्षण



प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौं(तराई(मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएको जंगीअड्डाले जनाएको छ ।

निर्माणाधीन महादेवटार सुरुङखण्ड ९प्याकेज १० र लेनडाँडा (धेद्रे सुरुङखण्ड)प्याकेज २०को हालको कार्यको निरीक्षण गर्नुका साथै ठेक्का सम्झौता बमोजिम लागत तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माणकार्य सम्पन्न गर्न प्रधानसेनापतिले निर्देशन दिए ।

प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार  ९ : १४ बजे